धादिङ । धादिङको गजुरी गाउँपालिकाका एक यूवामा कोरोना संक्रमण्म पुष्टि भएको छ । आज गजुरी गाउँपालिका वडा नं २ का २० वर्षिय युवामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै गजुरी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ५ पुगेको हो । ति युवाको काठमाडौँ परिक्षण गराउँदा पोजेटिभ देखिएको रिजालले जानकारी दिनुभयो ।