शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपत्यकामा २३२ जना सहित नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

उपत्यकामा २३२ जना सहित नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

नागरिक पाटी

९, भाद्र २०७७
  • 6.7K
    SHARES
  • उपत्यकामा २३२ जना सहित नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images
    images

    मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ । काठमाडौं उपत्यकामा भने २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । उनकाअनुसार मृत्यु हुनेमा काठमाडौंकी एक महिला र दुई पुरुष, सिराहाका एक पुरूष, पर्साका एक पुरूष, धनुषाका एक पुरूष, रूपन्देहीका एक जना पुरूष छन्। योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १७:१०:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology