शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ८ जनामा कोरोना सँक्रमण, अन्य जिल्लामा कति ?

धादिङमा थप ८ जनामा कोरोना सँक्रमण, अन्य जिल्लामा कति ?

नागरिक पाटी

९, भाद्र २०७७
  • 8.4K
    SHARES
  • धादिङमा थप ८ जनामा कोरोना सँक्रमण, अन्य जिल्लामा कति ?

    काठमाडौं । नेपालमा मंगलबार थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    images
    images

    डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका एकजना, ओखलढुंगाका एकजना, खोटाङका एकजना, झाापका ५ जना, मोरङका ४३ जना, सुनसरीका १६ जना र सोलुखुम्बुमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४२ जना, पर्साका ४ जना, बाराका १७ जना, महोत्तरीका १७ जना, रौतहटका ४४ जना, सप्तरीका ३ जना, सर्लाहीका ५८ जना र सिरहाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १९९ जना, काभ्रेका ५ जना, चितवनका ३७ जना, दोलखाका ३ जना, धादिङका ८ जना, नुवाकोटका एकजना, भक्तपुरका १४ जना, मकवानपुरका २ जना, रामेछापका एकजना, ललितपुरका १९ जना र सिन्धुपाल्चोकका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १३ जना, गोरखाका २ जना, तनहुँका ६ जना, नवलपरासी पूर्वका ४ जना, पर्वतका २ जना, लमजुङका एकजना र बाग्लुङका एकजनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका २३ जना, गुल्मीका २ जना, दाङका १८ जना, नवलपरासीका ८ जना, पाल्पाका ४ जना, प्युठानका ४ जना, बर्दियाका ६ जना, बाँकेका १५ जना, रुपन्देहीका ६९ जना र रोल्पाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका ५ जना, जुम्लाका एकजना, दैलेखका ४ जना, मुगुका एकजना, सल्यानका ४ जना र सुर्खेतका ५ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १९ जना, कंचनपुरका १२ जना, कैलालीका १६जना र डडेल्धुराका २ जना, डोटीका ४५ जना, बझाङका ९ जना र बैतडीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १७:४५:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology