शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

भदौ १६ गते सम्म थपियो धादिङमा निषेधाज्ञा

भदौ १६ गते सम्म थपियो धादिङमा निषेधाज्ञा

नागरिक पाटी

९, भाद्र २०७७
  • 6.5K
    SHARES
  • भदौ १६ गते सम्म थपियो धादिङमा निषेधाज्ञा

    धादिङ । धादिङमा दोस्रो पटक निषेधाज्ञा थप गरीएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षयतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले आगामी भदौ १६ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।

    images

    कोरोना भाईरसको जोखिम उत्तिकै रहेको कारण दोस्रो पटक पनि निषेधाज्ञा थप गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो। बैठकले धादिङबेसीका आसपासको क्षेत्र र राजमार्ग क्षेत्रमा कडाई गर्ने निर्णय गरेको हो ।
    कोरोना भाइरस संक्रमित बढेसँगै निषेधाज्ञाको अवधि भदौ १६ गतेसम्मका लागि लम्ब्याइएको हो । पुनःथपिएको निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र हिँडडुल नगर्न भनिएको छ । कोरोना संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन धादिङले जारी भएको निषेधाज्ञालाई थप कडाई गरेको छ ।

    बैठकले गरेको निर्णयहरु :

    १.प्रत्येक स्थानीय तहले कम्तिमा १० वटा बेडको आईशोलेसन र आवश्यकता अनुसारको क्वारेन्टाईन व्यवस्थापन गर्ने ।

    २.जिल्ला भरका सम्पुर्ण कोभिड–१९ सम्बन्धी तथ्यांकहरु ९आरटिपीसिआर परिक्षण, आईशोलेसन,पिपिई लगाएत विवरण०एकद्धार प्रणाली मार्फत् स्वास्थ्य कार्यालय धादिङमा उपलब्ध गराउने र स्वास्थ्य कार्यलयले नियमित रुपमा उक्त सूचना सिएमसिमा उपलब्ध गराउने ।

    ३.अस्पतालबाट संचालन हुने स्वास्थ्य सम्बन्धी नियमित सेवालाई असर नपर्ने गरी कम भन्दा कम स्वास्थ्यकर्मी परिचालन गरी कम भ्हउयकगचभ हुने गरी अस्पतालको सेवा संचालन गर्ने गराउने ।

    ४.नेपाल रेडक्रस सोसाईटी धादिङलाई सम्बन्धीत स्थानयि तहसँगको समन्वयमा यस जिल्लाको निलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा कोभिड–१९ नियन्त्रण तथा रोकथाम सम्बन्धी कार्यक्रम गर्न सहमति दिने साथै स्थानीय तहको समन्वयमा कोभिडको क्षेत्रमा कार्य गर्ने संघ संस्थाहरुलाई सहजीकरण गर्ने ।

    ५.काठमाण्डौं उपत्यका र चितवन जिल्लामा कोभिड १९ को संक्रमण बढिरहेको, छिमेकी जिल्लाहरुले निषेधाज्ञा अवधि बढाईरहेको अवस्था तथा सवास्थ्यकर्मीहरुलाई समेत संक्रमण भईरहेको सन्दर्भमा यस जिल्लामा पनि संक्रमण वृद्धि हुने जोखिम रहेको र उच्च सर्तकर्ता अपनाउनुपर्ने अवस्था विद्यमान भएकाले भाद्र ९ गते मध्यरात सम्म रहेको निषेधाज्ञा अवधि भाद्र १६ गते मध्यरात सम्म बढाउन अनुरोध गर्ने ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - २०:२९:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology