शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

१४ दिनपछि लक्षण नभएका संक्रमितलाई परीक्षणविनै डिस्चार्ज गर्न निर्देशन

१४ दिनपछि लक्षण नभएका संक्रमितलाई परीक्षणविनै डिस्चार्ज गर्न निर्देशन

नागरिक पाटी

१०, भाद्र २०७७
  • 5.0K
    SHARES
  • १४ दिनपछि लक्षण नभएका संक्रमितलाई परीक्षणविनै डिस्चार्ज गर्न निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमतिलाई १४ दिनपछि कोरोना परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको छ ।
    मन्त्रालयले सबै सामाजिक विकास मन्त्रालय तथा कोरोना विशेष अस्पतालहरुलाई परिपत्र गरेर कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्न निर्देशन दिएको हो ।

    images
    images


    लक्षण बिहीन कोरोना संक्रमितको संक्रमण पुष्टि भएको १० दिन पछि पुनः परीक्षण गरी डिस्चार्ज गर्न आग्रह गरेको छ । कोरोना संक्रमण भएको १० दिनपछि कोरोना परीक्षण गरि रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

    डा गौतमले १० दिनपछि भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएमा १४ दिन पछि पुनः परीक्षण नगरी डिस्चार्ज गर्न समेत सबै कोरोना विशेष अस्पताललाई निर्देशन दिएका छन् । उनले १४ दिन भन्दा बढी समय अस्पतालमा राखेमा त्यसको खर्च सरकारले नव्यहोर्ने बताएका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १७:५२:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology