शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा एकै दिन ७६ हजार जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ६२ हजार माथी

भारतमा एकै दिन ७६ हजार जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ६२ हजार माथी

नागरिक पाटी

१३, भाद्र २०७७
  • 5.5K
    SHARES
  • भारतमा एकै दिन ७६ हजार जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ६२ हजार माथी

    काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या साढे ३४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७६ हजार ६६५ जना संक्रमित भएसँगै शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३४ लाख ६१ हजार २४० पुगेको हो ।

    images
    images


    संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २६ लाख ४७ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५० हजार ९८९ जनाको उपचार भइरहेको छ ।

    यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६२ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १०१९ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६२ हजार ७१३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - ०८:५४:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology