शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभरका एक करोड ७२ लाख भन्दा बढीले जिते कोरोनालाई

विश्वभरका एक करोड ७२ लाख भन्दा बढीले जिते कोरोनालाई

नागरिक पाटी

१३, भाद्र २०७७
  • 6.6K
    SHARES
  • विश्वभरका एक करोड ७२ लाख भन्दा बढीले जिते कोरोनालाई

    काठमाडौं। विश्वभर एक करोड ७२ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । अहिलेसम्म दुई करोड ४८ लाख ९० हजार जनामा सङ्क्रमण देखिएकोमा एक करोड ७२ लाख ७५ जना निको भएको वर्ल्डओमिटरले जनाएको छ ।

    images
    images

    विश्वभर आठ लाख ४० हजार पाँच सयको ज्यान गइसकेको छ । सबैभन्दा धेरै अमेरिकामा ६० लाख ९३ हजार जनामा सङ्क्रमण देखिएकोमा ३३ लाख ७० हजार जना निको भएका छन् भने एक लाख ८५ हजार नौ सय जनाको ज्यान गएको छ ।

    ब्राजिलमा ३८ लाख १२ हजार जनामा सङ्क्रमण देखिएकोमा एक लाख १९ हजारको ज्यान गएको छ । छिमेकी देश भारतमा ३४ लाख ६१ हजार जना सङ्क्रमित भएका छन् । २६ लाख ४७ हजार निको भएका छन् ।

    भारतमा ६२ हजार सात सय जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७६ हजार सङ्क्रमित थपिएका छन्, एक हजार १९ जनाको ज्यान गएको छ । एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - ०९:०१:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology