धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ निबासी ४५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि वडा नं ३ क्षेत्रलाई सिल गरेको छ । समूदायस्तरमा कोरोना भाइरस फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै वडा नं ३ क्षेत्रभित्रका सिल गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यसक्षेत्र भित्र संचालित सम्पूर्ण पसल, व्यवसाय, पूर्ण रुपमा बन्द गर्न र अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरिएको छ । महिलाको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ गर्न गाउँपालिकाले जिल्ला प्रशासनलाई अनुरोध गरेको छ ।
सुचना हेर्नुहोस्...
