शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा अहिले सम्म २ सय ११ जनालाई कोरोना संक्रमण, कुन पालिकामा कति ?

धादिङमा अहिले सम्म २ सय ११ जनालाई कोरोना संक्रमण, कुन पालिकामा कति ?

नागरिक पाटी

१४, भाद्र २०७७
  • 5.9K
    SHARES
  • धादिङमा अहिले सम्म २ सय ११ जनालाई कोरोना संक्रमण, कुन पालिकामा कति ?

    धादिङ । धादिङका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै जिल्लामा सँक्रमण हुनेको सँख्या २११ पुगेको छ । शनिबार मात्र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ८ जना र बेनिघाट रोराङ गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको थियो ।

    images
    images

    अहिले सम्म जिल्लाको नीलकण्ठ नगरपालिकामा ७५ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ४८ जना र ज्वालामुखी गाउँपालिकामा ३३ जना व्यक्ति कोरोनाबाट सँक्रमित भएका छन् । यस्तै धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिकामा १०/१० जना, नेत्रावती डबजोङ र गल्छीमा ६/६ जना, सिद्धलेक र गजुरीमा ५/५ जना, बेनिघाट रोराङ मा ४ जना, खनियाबासमा ३ जना, रुविभ्याली र गंगाजमुना गाउँपालिकामा १/१ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ४ गरी २ सय ११ जना रहेको स्वास्थ्य कार्यालय धादिले जनाएको छ । कार्यालयका अनुसार संक्रमितमध्ये निको हुनेको कुल सङ्ख्या १ सय ५६ पुगेको छ । धादिङमा कोरोना संक्रमणबाट अहिलेसम्म एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - १०:१०:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology