शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा हालसम्मकै बढी गिरावट

कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा हालसम्मकै बढी गिरावट

नागरिक पाटी

१४, भाद्र २०७७
  • 7.1K
    SHARES
  • कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा हालसम्मकै बढी गिरावट

    काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा हालसम्मकै ठूलो गिरावट आएको छ । अमेरिकी वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको अप्रिल–जून त्रैमासिकको दोस्रो अनुमानमा अर्थतन्त्रमा ३१.७ प्रतिशत घटेको देखिएको छ । जूनको त्रैमासिकमा अमेरिकी अर्थतन्त्र ३२.९ प्रतिशतले गिरावट आएको जनाएको थियो ।

    images
    images

    यसअघि अमेरिकी अर्थतन्त्रमा सन् १९५८ मा सबैभन्दा ठूलो गिरावट आएको थियो । अमेरिकी अर्थतन्त्रमा वर्षको पहिलो त्रैमासिकमा ५ प्रतिशत गिरावट आएको थियो । लकडाउनका कारण गत जूनको त्रैमासमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा व्यापार गतिविधिहरूमा घाटा हुँदा लाखौं श्रमिकहरू बेरोजगार भएका थिए । यस वर्षको पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्रमा ५ प्रतिशतले गिरावट आएको थियो ।

    अमेरिकी अर्थतन्त्रमा आएको गिरावट तत्काल सुधार हुने देखिएको छैन । अमेरिकी अर्थशास्त्रीहरूका अनुसार अर्थतन्त्रमा छिट्टै सुधार आउने संकेत नदेखिएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - १४:५१:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology