धादिङ । धुनिबेशीका २ सहित धादिङका थप ५ जनामा कोरोना सँक्रमण भएको छ । धुनिबेशी नगरपालिका वडा नं १ की ६२ वर्षिया महिला र वडा नं ८ की ७२ वर्षिय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताउनुभयो ।
यसैगरी सिद्धलेक गाउँपालिका वडा नं ३ का २४ वर्षिय पुरुष,ज्वालामुखी गाउँपालिका वडा नं ४ का ३६ वर्षिय पुरुष र धादिङ घर भई अन्य ठेगाना नखुलेका २७ वर्षिय पुरुषमा समेत संक्रममण पुष्टि स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय १६ पुगेको छ । यस अघि स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले भने धादिङमा ३ जना सँक्रमण भएको बताउनुभएको थियो ।