शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गएको २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २२८ पुग्यो

गएको २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २२८ पुग्यो

नागरिक पाटी

१५, भाद्र २०७७
  • 6.8K
    SHARES
  • गएको  २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २२८ पुग्यो

    काठमाडौं। कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् ।

    images
    images


    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ । सोमबारसम्म कोरोनाबाट निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ भने १७ हजार ८२२ जना संक्रमित रहेका छन् । सोमबार ५८८ जना निको हुँदा ८९९ जना संक्रमित थपिएका छन् ।


    सोमबार मृत्यू हुनेमा महोत्तरीकी ४ वर्षीया बालिकासहित गोर्खाकी ६५ वर्षीया र रुपन्देहीको ६८ वर्षीया महिला रहेका छन् । त्यस्तै झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय, भक्तपुरका ७७ वर्षीय ४ जना पुरुष रहेका छन् । नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - १६:३८:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology