काठमाण्डौ । गएको २४ घण्टामा आठ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ हजार चार सय ६० पुगेको छ ।
११ हजार एक सय १९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ९९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा पाँच सय ८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार चार सय १० पुगेको छ ।
यस्तै गएको २४ घण्टामा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सङ्ख्या दुई सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
अब नेपालमा १७ हजार आठ सय २२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार तीन सय ३७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।