धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३०३ जना महिला र ५९६ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको बताएका छन् ।
आज कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश–१ मा ओखलढुङ्गा १, खोटांगमा १, झापामा ५, मोरंगमा १९, संखुवासभामा ९ जना र सुनसरीमा २५ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश–२ मा धनुषामा ३१, पर्सामा ३४, बारामा २३, महोत्तरीमा ६, रौतहटमा १, सप्तरीमा २२, सर्लाहीमा १०३ र सिरहामा ५ जना संक्रमित भेटिएका छन् ।
वाग्मती प्रदेशमा काठमाडौंमा १९०, काभ्रेमा १३, चितवनमा ७१, दोलखामा २, धादिंगमा १, भक्तपुरमा ४१, मकवानपुरमा ४२, रामेछापमा २, ललितपुरमा ६७, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा ७ जना संक्रमित फेला परेका छन् ।
त्यस्तै गण्डकी प्रदेशमा कास्कीमा ३, गोरखामा १३, तनहुँमा २६, नवलपरासी पूर्व ४, लमजुङ २, बाग्लुंगमा ४ जना भेटिएका छन् ।
प्रदेश–५ मा अर्घाखाँचीमा २, कपिलवस्तु १, नवलपरासी ३, पाल्पा १, बर्दिया २, बाँके १४ र रुपन्देहीमा ११ जना संक्रमित भेटिएका छन्।
कर्णालीमा जुम्लामा १ र सुर्खेतमा ३८ जनामा कोरोना पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेशमा अछाममा २३, कञ्चनपुरमा ७, कैलाली १६, डोटीमा १, बझांगमा १ र बैतडीमा २ जना संक्रमित फेला परेका छन् ।