शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका कुल कोरोना सँक्रमित मध्ये अहिले सम्म १ जनाको मृत्यु, निको हुनेको संख्या १ सय ६३ पुग्यो

धादिङका कुल कोरोना सँक्रमित मध्ये अहिले सम्म १ जनाको मृत्यु, निको हुनेको संख्या १ सय ६३ पुग्यो

नागरिक पाटी

१५, भाद्र २०७७
  • 7.3K
    SHARES
  • धादिङका कुल कोरोना सँक्रमित मध्ये अहिले सम्म १ जनाको मृत्यु, निको हुनेको संख्या १ सय ६३ पुग्यो

    धादिङ । धादिङका थप १ जना कोरोना संक्रमित निको भएर घर फर्किए सँगै निको हुनेको कुल संख्या १ सय ६३ पुगेको छ । सोमबार धुनिबेशी नगरपालिकाका १ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले नागरिकपाटीलाई बताउनुभयो । यस अघि आईतबार मात्रै ६ जना संक्रमित डिस्चार्ज भएका थिए । अहिले सम्म धादिङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भईसकेको छ ।

    images
    images

    यस्तै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय १६ पुगेको छ । जसमा नीलकण्ठ नगरपालिकामा ७५ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ४८ जना र ज्वालामुखी गाउँपालिकामा ३४ जना रहेका छन्। यस्तै धुनीबेसी नगरपालिकामा १२ जना, थाक्रे गाउँपालिकामा १० जना, नेत्रावती डबजोङ र गल्छीमा ६र६ जना, सिद्धलेकमा ६ जना, गजुरीमा ५ जना, बेनिघाट रोराङमा ४ जना, खनियाबासमा ३ जना, रुविभ्याली र गंगाजमुना गाउँपालिकामा १र१ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ५ गरी २ सय १६ जना रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - १८:०६:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology