शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रेमा रहेको जनजागृति माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सव सम्पन्न

धादिङको थाक्रेमा रहेको जनजागृति माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सव सम्पन्न

नागरिक पाटी

१५, भाद्र २०७७
  • 10.1K
    SHARES
  • धादिङको थाक्रेमा रहेको जनजागृति माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सव सम्पन्न

    धादिङ । “सीप, सर्टिफिकेट तथा रोजगारीतर्फ हाम्रो ध्यान, गुणस्तरीय, प्रविधियुक्त र प्राविधिक शिक्षा जनजागृतिको पहिचान” भन्ने मूल नाराका साथ धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ६ मा अवस्थित जनजागृति माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सव तथा २१ औँ स्थापना दिवस आज सम्पन्न गरिएको छ ।

    images
    images

    जुम भर्चुअल अनलाइन प्रविधिबाट सञ्चालन गरिएको उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा। पुष्प कँडेलले गरेका थिए । कार्यक्रममा वागमती प्रदेश मुख्य मन्त्रीको कार्यालयका सचिव डा। हरि लम्साल, प्रदेश योजना आयोगका का।वा। उपाध्यक्ष माननीय श्याम कुमार बस्नेत, नेकपा धादिङका अध्यक्ष नेत्र पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन, राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्मा, वागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदी, प्रधानमन्त्रीका विकास विज्ञ सल्लाहकार गजेन्द्र थपलिया, शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख अम्विका आचार्य, प्राविधिक शिक्षा विज्ञ विष्णु भूषाल लगायत अन्य थुप्रै सहयोगी संघसस्थाका प्रमुख, पूर्व विद्यार्थी, शिक्षक, अभिभावकको सहभागिता रहेको थियो ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लावण प्रसाद फुयाँलले विद्यालयको इतिहासदेखि वर्तमानसम्मका मुख्य क्रियाकलाप तथा गतिविधि र भावी योजनाहरुलाई स्लाइड मार्फत् प्रस्तुतीकरण गरेका थिए भने सहभागी वक्ताहरुले योजना तथा गतिविधिमाथि सल्लाह सुझावसहित विद्यालय राष्ट्रकै नमुना विद्यालयको रुपमा अघि वढ्दै गरेकोमा खुशी व्यक्त गरे ।

    हाल कोरोना महामारीको विषम् परिस्थितिमा पनि आफ्ना शैक्षिक गतिविधि यथावत् राखि विद्यालय विकासको निम्ति निरन्तर लागेकोमा खुशी व्यक्त गर्दै नेराशिसं राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले शिक्षकलाई यो समयमा आफ्ना क्षमता विकास र प्रविधियुक्त सीप विकासमा लाग्नको निम्ति अपिल गरे ।

    विद्यालयले प्राविधिक तथा गुणस्तरीय शिक्षा एवम् वर्तमान समयमा प्रविधिमैत्री शिक्षण सिकाइका लागि सामुदयिक विद्यालयको भूमिका विषयमा सहभागीहरुबाट सुझाव संकलन गरेको थियो । प्राविधिक र गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको महशुस गरी विद्यालयले शैक्षिक सत्र वि.सं.२०७६ बाट प्राविधिक धारतर्फ सिभिल इञ्जिनियरिङ विषय अध्ययन अध्यापन कार्य गरिरहेको छ ।

    हाल विद्यालयमा आफ्नो सेवा क्षेत्रभन्दा वाहिरका विद्यार्थीहरुको समेत आकर्षण बढेकोले विद्यालयले उक्त विद्यार्थीहरुको विद्यालय आवागमनमा सहज बनाउन विद्यालय वस खरिदको लागि प्रक्रिया अघि बढाइसकेको व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेतीले बताए । विद्यालयलाई बस खरिदको लागि थाक्रे गाउँपालिकाबाट पाँच लाख र वडा कार्यालयबाट पाँच लाख गरी जम्मा दश लाख रुपैयाँ विनियोजन गरिएको र अन्य श्रोतको लागि सहयोगी संघसंस्थाहरुको खोजी भइरहेको अध्यक्ष रुपाखेतीले बताए । कार्यक्रममा एनआरएन न्यूजिल्याण्डका सचिव प्रदीप रुपाखेती, शिक्षाप्रेमी अमृत ओझा, युवा व्यवसायी दिलिप पौडेल, शिव ओझा,अभिभावक तथा व्यवसायी सुरेश थापा लगायतले विद्यालयको वस खरिद अभियानमा आफ्नो सक्दो सहयोग रहने प्रतिवद्दता व्यक्त गरेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - १८:४२:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology