शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौँमा २ हजार बेडको क्वारेन्टाइन निर्माणको गृहकार्य सुरु

काठमाडौँमा २ हजार बेडको क्वारेन्टाइन निर्माणको गृहकार्य सुरु

नागरिक पाटी

१६, भाद्र २०७७
  • 5.2K
    SHARES
  • काठमाडौँमा २ हजार बेडको क्वारेन्टाइन निर्माणको गृहकार्य सुरु

    काठमाडौँ । सहरी विकास मन्त्रालयलाई दुई हजार बेड क्षमताको क्वारेन्टाइन निर्माण गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । खरिद ऐन ०६३ को दफा ६६ एवं सार्वजनिक खरिद नियमावली ०६४ को नियम १४५ बमोजिम खरिद प्रक्रिया अघि बढाउन स्वीकृति दिइएको अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

    images
    images


    ‘छिटो काम गर्नुपर्ने हुनाले विशेष व्यवस्थाबाट अगाडि बढ्नुपर्ने हुन्छ,’ सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै उनले भने, ‘छिटोभन्दा छिटो क्वारेन्टाइन निर्माण गर्दै जानुपर्ने भएकाले मन्त्रिपरिषद्ले विशेष प्रक्रियाबाट खरिद प्रक्रिया अघि बढाउन स्वीकृति दिएको हो ।’

    विदेशबाट आउने नेपालीका लागि उपत्यकामा क्वारेन्टाइन बनाउने जिम्मा मन्त्रालयलाई दिइएको सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले बताए । यसअघि पनि मन्त्रालयले दुई चरण गरेर १ हजार ९ सय ४८ बेडको क्वारेन्टाइन बनाएको थियो । ‘कार्यविधिअनुसार सक्दो चाँडो निर्माण गर्ने सोच हो,’ मन्त्री नेम्वाङले भने, ‘चाँडो गरे पनि खरिद प्रक्रियाको ऐन कानुनअनुसार काम गर्नुपर्छ ।’ एक साताभित्र खरिद प्रक्रिया सुरु गरिने उनको भनाइ छ । उपत्यकामा घर र ठाउँ खोज्ने काम जारी छ । त्यसको टुंगो लाग्नासाथ खरिद प्रक्रिया सुरु हुन्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

    ‘

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०७:३४:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology