धादिङ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको निषेधाज्ञालाई धादिङमा केही खुकुलो पारिएको छ । साउन २९ गतेबाट जारी निषेधाज्ञालाई आज राती १२ बजेबाट केही खुकुलो पारिएको हो । आज बसेको डिसिसिएमपीको बैठकले स्वास्थ्य र सुरक्षाका मापदण्डलाई कडाईका साथ पालना गर्दै बजार केहि समयको लागि खुलाउने निर्णय गरेको छ ।
भदौ १७ गतेबाट २३ गतेसम्म बिहान १० बजेबाट २ बजेसम्म बजार र बैंक तथा वित्तिय संस्थाहरुलाई सञ्चालन गर्ने निर्णय गरेका छ । निषेधाज्ञाका अन्य प्रावधानहरु पनि यसअघि कै कायम रहनेछ । साथै अत्यावश्यक कामका लागि घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, पटकपटक साबुनपानीले हात धुनुपर्ने, सेनिटाइर लगाउनुपर्ने नियम जारी नै छ ।
विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धादिङले गत भदौ २८ देखि निषेधाज्ञा आदेश जारी गरेको थियो ।