धादिङ । धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको ज्वालामुखी गाउँपालिकाका वडा नं २ का ३६ वर्षिय पुरुष र मंगलबार पाटन अस्पतालमा मृत्यु भएका सिद्धलेक गाउँपालिका वडा नं ६ का ४७ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय २९ पुगेको छ । जिल्लाको १३ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् ।