काठमाडौं । काठमाडौं उपत्यकामा कायम रहेको निषेधाज्ञा अर्को एक साता लम्बिएको छ। आज बुधवार राति १२ बजेसम्मका लागि तय भएको निषेधाज्ञा थप एक साता कायम गरिएको हो। अब भदौ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा कायम गरिएको छ।
लगातार दुई साता निषेधाज्ञा जारी भएकाले आज मध्यरातबाट केही खुकुलो गरिएको छ। अत्यावश्यक वस्तु तथा सेवामध्ये खाद्य वस्तु,दूध,फलफलु,माछामासु, तरकारी विक्री गर्ने समय बढाइएको छ। हाल बिहान ९ बजेसम्मका लागि पसल संचालन गर्न दिइएकोमा बिहीबारबाट बिहान ११ बजेसम्म अत्यावश्यक पसल खोल्न पाइने भएको छ।
यस्तै, विकास निर्माणसँग सम्बन्धित पसल र व्यवसायका साथै छोटो ढुवानीको लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न स्वीकृति दिइएको छ।