धादिङ । धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार गल्छि गाउँपालिका वडा नं ४ का २७ वर्षिय पुरुष, बेनिघाट रोराङ गाउँपालिकाका वडा नं २ का २६ वर्षिय पुरुष र वडा नं ३ का २४ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय ३२ पुगेको छ ।