शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

सिड्स नेपाल र युएमएनद्धारा त्रिपुरासुन्दरी गाउँपालिकालाई मेडिकल सामाग्री हस्तान्तरण

सिड्स नेपाल र युएमएनद्धारा त्रिपुरासुन्दरी गाउँपालिकालाई मेडिकल सामाग्री हस्तान्तरण

नागरिक पाटी

१८, भाद्र २०७७
  • 8.9K
    SHARES
  • सिड्स नेपाल र युएमएनद्धारा त्रिपुरासुन्दरी गाउँपालिकालाई मेडिकल सामाग्री हस्तान्तरण

    धादिङ । सिड्स नेपाल र युएमएन धादिङले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकालाई मेडिकल सामाग्री हस्तान्तरण गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकालाई कोरोनाको उपचार र व्यवस्थापनका लागि आवश्यक सर्जिकल बेड ११ थान सहित पिपिई सेट र माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताउनुभयो ।

    images
    images

    हस्तान्तरण कार्यक्रममा सँघिय साँसद खेम प्रसाद लोहनी, गाउँपालिका अध्यक्ष शम्भु थापा, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ईटनी, स्वास्थ्य सँयोजक ज्ञान बहादुर श्रेष्ठ, वडा अध्यक्ष कृष्ण बहादुर खत्री, सिड्स नेपालका अध्यक्ष माधव खतिवडा, सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, युवा व्यवसायी शिव ओझा, जनजागृती माध्यमिक विद्यालयका सह प्रधानाध्यापक रामचन्द्र रुपाखेती, जिल्ला युवा परिषदका हरि थापा लगायतको उपस्थिती रहेको थियो ।

    cirds 1.jpg

    कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु थापाले सिड्स नेपाल र युएमएनको सहयोग अति नै महत्वपुर्ण रहेको भन्दै यो पछि सम्म पनि काम लाग्ने सामान भएकाले प्रभावकारी हुने बताउनुभयो । साथै उहाँले आईसोलेसनको व्यवस्थापनबाट कोरोना सँक्रमितको मनोबल उच्च राख्न यसले मद्दत पुगेको बताउनुभयो ।

    यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा सँघिय साँसद खेम प्रसाद लोहनीले कोरोनाको यो महामारीमा आम जनतालाई जोगाउन सबै जना सचेत हुनुपर्ने साथै सरकारी निकायबाट व्यवस्थापनको स्रोत तयारी गर्नुपर्ने अवस्थामा सिड्स नेपाल र युएमएनले गरेको यो प्रकारको सहयोगले महत्वपुर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै उहाँले स्वास्थ्य विभागबाट प्राप्त स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गर्नुभएको थियो । सिड्स नेपाल र युएमएन धादिङले यस अघि पनि जिल्लाका विभिन्न पालिकाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

    अन्य समाचार

    सिड्स नेपाल धादिङ र युएमएनद्धारा गल्छी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

    सिड्स नेपाल धादिङद्वारा तीन स्थानीयतहलाई ५० सेट पिपिई र स्वास्थ्य सामाग्री हस्तान्तरण

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १९:०७:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology