धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा नयाँ कोरोना संक्रमित थपिए पछि नागरिकलाई सचेत रहन आग्रह गरेको छ । केहिदिन अघि मलेखुमा एकजना कोरोना संक्रमित फेलापरेपछि उक्त ब्यक्तिको कन्ट्याक्ट टेसिङ गरि यहि १६ गते ९९ जनाको स्वाब परिक्षणको लागि पठाइएको थियो।
पठाइएको ९९ स्वाब मध्य वडानम्बर दुई को २६ बर्षका पुरुष वडा तिनका २४ बर्षका पुरुष र बेनिघाट रोराङमा कामगर्ने स्थायी ठेगाना गल्छी गाउँपालिका भएका एकजना पुरुष सहित ३ जनामा कोरोना पुष्टि भएको। बेनिघाट रोराङ गाउँपालिकाले जनाएको छ।
समुदाय स्तरमा कोरोना संक्रमण भएको पुष्टि भएपछि बेनिघाट रोराङ गाउपालिकाले सर्वसाधारण लाई सचेत रहन आग्रह गरेको छ।
गाउँपालिकाले जारी गरेको सूचना
