धार्के । धादिङको धुनिबेशी नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका व्यवसायहरु बिहानको समयमा सञ्चालन गर्न मिल्ने बताएको छ । एक सुचना जारी गर्दै नगरपालिकाले सञ्चालनमा रहेका पसल, उद्योग, कलकारखाना लगायतका व्यवसायहरु बिहान ६ बजे देखी १० बजे सम्म सञ्चालन गर्न मिल्ने बताएको हो । होटल र रेष्टुरेण्टको हकमा भने टेक अवे सेवा मात्रै सञ्चालन गर्न मिल्ने जनाईएको छ । नगरपालिकाले पसल वा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा मास्क, सेनिटाईजर र पञ्जाको प्रयोग गर्न अनुरोध गरेको छ ।
नगरपालिकाले औषधी, तरकारी, फलफुल र दुग्धजन्य पसलहरु भने तोकिएको भन्दा अन्य समयमा पनि सञ्चालन गर्न पाईने जनाएको छ । यस्तै व्यटिपार्लर, जिमखाना, हेल्थक्लब, सैलुन लगायतका व्यवसाय र बैँक तथा वित्तिय सँस्था सञ्चालनमा पनि विभिन्न मापदण्ड रहेको नगरपालिकाले जनाएको छ ।
हेर्नुहोस् नगरपालिकाद्धारा जारी सुचना