काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्हालेका छन्।
आज शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएकी हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी खतिवडाले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको जनाएको छ ।

संवैधानिक व्यवस्थाका कारण खतिवडाले पदबाट आज राजीनामा दिएका थिए । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ ।