शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ६८ पुग्यो

धादिङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ६८ पुग्यो

नागरिक पाटी

२१, भाद्र २०७७
  • 9.3K
    SHARES
  • धादिङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ६८ पुग्यो

    धादिङ । धादिङका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको नीलकण्ठ नगरपालिकाका २ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ४ जना, गल्छि गाउँपालिकाका २ जना, ज्वालामुखी गाउँपालिकाका १ जना, सिद्धलेकका १ जना र धादिङ घर भई अन्य ठेगाना नखुलेका १ जना गरि ११ जना रहेका छन् ।

    images
    images

    जसमा नीलकण्ठ नगरपालिका वडा नं १४ का ३२ वर्षिय महिला,वडा नं ३ का ३६ वर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ८ वर्षिय बालिका, १७ वर्षिय बालक,२२ र २७ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

    यस्तै गल्छि गाउँपालिका वडा नं ४ का ६ वर्षिय बालिका र २६ वर्षिय महिला, ज्वालामुखी गाउँपालिका वडा नं २ का २७ वर्षिय पुरुष,सिद्धलेक गाउँपालिका वडा नं १ का ३० वर्षिय पुरुष र धादिङ घर भई अन्य ठेगाना नखुलेका ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय ६८ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - १७:३१:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology