धादिङ । नेपालमा कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । आज मोरङकी ६४ बर्षिय महिला र झापाकी ४५ बर्षिय महिला, मोरङका ४५ बर्षिय महिला, पर्साका ७७ बर्षिय पुरुष, धनुषाका ३५ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी गराउनुभयो ।
यस्तै काठमाडौँका ६८,७४,८५ वर्षिय पुरुष र चितवनका ७० वर्षिय पुरुषको मृत्यु भएको प्रवक्ता डा.गौतमले जानकारी गराउनुभयो । मृत्यु हुनेमा २ जना महिला र ७ पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ ।