काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम आइसीएस को आइतबार बसेको बैठकले चारवटा निर्णय गरेकोमा पहिलो निर्णय नेपालको सबैभन्दा पुरानो र सरकारी रिफरल वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने रहेको छ ।
यो निर्णयसँगै कमाण्डले वीर अस्पतालको स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलव्ध गराउने टुंगोमा पुगेको स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले बताउँनुभयो।
ऐतिहासिक जनताको पहुँच रहेको सर्वसुलभ वीर अस्पताललाई कोभिड अस्पताल बनाउने । स्वास्थ्य मन्त्रालयमा आइतबार बसेको मन्त्रालयको इन्सिडेन्ड कमाण्ड सिस्टमको बैठकले वीरलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको प्रवक्ता गौतमले बताउँनुभयो । वीर अस्पतालबाट दिँदै आएका नियमित सेवालाई ट्रमा सेन्टरबाट प्रदान गरिने पनि उहाँले जानकारी गराउनुभयो ।