शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा जारी निषेधाज्ञा भदौ ३१ सम्म लम्बियो

धादिङमा जारी निषेधाज्ञा भदौ ३१ सम्म लम्बियो

नागरिक पाटी

२३, भाद्र २०७७
  • 8.7K
    SHARES
  • धादिङमा जारी निषेधाज्ञा भदौ ३१ सम्म लम्बियो

    धादिङ । धादिङमा जारी निषेधाज्ञा भदौ ३१ गते सम्म लम्बिएको छ । आज बसेको संकट व्यावस्थाप केन्द्रको बैठकले निषेधाज्ञालाई पुन एक हप्ता थप गर्ने निर्णय गरेको हो । कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले जारी निषेधाज्ञा भदौ ३१ गते मध्यरातसम्म बढाउने निर्णय गरेको हो।

    images
    images

    निषेधाज्ञाको केहि प्रावधान भने खुकुलो बनाईएको छ । बजार खुल्ने समय लम्ब्याईएको छ भने यातायात, सैलुन, व्युटिपार्लर र जिम हल भने बन्द रहने भएका छन् । बैठकले पसल, बैंक तथा वित्तिय संस्था र कलकारखाना भने विहान ७ बजेदेखी ५ बजे सम्म खोल्ने निर्णय गरेको छ ।स्वास्थ्य मापदण्ड पालना गरी पसल सन्चालन गर्न समेत आग्रह गरीएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - २१:१६:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology