धादिङ । धादिङका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का २१ वर्षिय महिला र बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का १७ वर्षिय बालक,२६ र ३२ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय ८२ पुगेको छ ।