शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

नागरिक पाटी

२८, भाद्र २०७७
  • 4.8K
    SHARES
  • कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

    काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १५९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, खोटाङका २, झापाका १, मोरङका ७१, सुनसरीका ३, धनुषाका १४, पर्साका ४, बाराका ४, महोत्तरीका ३, रौतहटका १, महोत्तरीका ३, रौतहटका १, सप्तरीका २, सर्लाहीका २२, सिराहाका ३, काठमाडौँका ४८३, काभ्रेका १, चितवनका २७, धादिङका ३४, नुवाकोटका ९, भक्तपुरका ८१, रामेछापका २, ललितपुरका ३३, सिन्धुपाल्चोकका १, कास्कीका ७, गोर्खाका ७, तनहुँका ७, नवलपरासीपुर्वका २०, लमजुङका २७, स्याङजाका ५, कपिलवस्तुका ४, गुल्मीका २, दाङका १, नवलपरासीका ८, पाल्पाका १, प्युठानका २, बर्दियाका ६१, बाँकेका १७, रुपन्देहीका ३१, जुम्लाका २, दैलेखका १, रकुमपश्चिमका १, सुर्खेतका ७, अछामका २, कञ्चनपुरका १४, कैलालीका ७, तथा डढेलधुराका ३ जनामा संक्रमण पुष्टि भएको हो।

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार १७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९ हजार १६५ जनाको पीसीआर परीक्षण भएको छ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ। हाल ६ हजार ५३६ जना क्वारेन्टिनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १६९ जनाको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

    सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन रुपन्देहीमा, भक्तपुर र ललितपुरमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - १७:२३:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology