धादिङ । धादिङका थप ७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार धादिङको गल्छि गाउँपालिका वडा नं ६ का ४८, ३३, ३२, २८, २८, २७, २० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित धादिङको बैरेनीमा रहेको श्री नम्बर ६ बाहिनी अड्डाका ७ जना पुरुष रहेका छन् । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ३ सय २३ पुगेको छ ।