काठमाडौं । उपत्यकामा मंगलबार थप ६ सय ७६ जनामा संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय ५५ जना, ललितपुर जिल्लामा ३५ जना र भक्तपुर जिल्लामा ८६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर मंगलबार १४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु भएको छ ।