शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

२४ घण्टामा १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, १२ सय ४३ डिस्चार्ज

२४ घण्टामा १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, १२ सय ४३ डिस्चार्ज

नागरिक पाटी

१, आश्विन २०७७
  • 6.1K
    SHARES
  • २४ घण्टामा १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, १२ सय ४३ डिस्चार्ज

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको ग्राफ बढ्दै गएको छ। मंगलबार १४ सय ५९, बुधबार १५ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो। कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।

    images
    images


    काठमाडौंका ५०७ , भक्तपुरका ५० र ललितपुरका ६१ जना गरेर उपत्यकामा मात्र २४ घण्टामा ६१८ जनामा कोरोना संक्रमणपुष्टि भएको छ ।दुई दिनको बढ्दो ग्राफ बिहीबार भने केही घटेको छ। पछिल्लो २४ घण्टामा बिहीबार उपत्यकामा ६१८ सहित १२ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ। प्रवक्ता गौतमका अनुसार १६ हजार २४१कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ८ हजार ३३८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना रहेका छन्। मन्त्रालयका अनुसार १८२ जनाको आइसीयूमा र ३९ जनाको भेन्टिलेटर उपचार भइराखेको छ।

    मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १२ सय ४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२ हजार ९३९ पुगेको छ।

    कोरोनाले २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ। मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मुस्ताङ, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - १६:४१:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology