काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंका ५०७ , भक्तपुरका ५० र ललितपुरका ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा।गौतमले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा जनामा १२ सय ४६ कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता ड. गौतमले जानकारी दिए।