धादिङ । धादिङका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिकाका ४ जना, सिद्धलेकका १ जना, नीलकण्ठ नगरपालिकाका १ जना र ज्वालामुखीका १ मा संक्रमण पुष्टि भएको हो ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का २८,४०,४० बर्षिय महिला र २३ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । सिद्धलेक गाउँपालिका वडा नं ५ का ३८ बर्षिय पुरुष, नीलकण्ठ नगरपालिका वडा नं ३ का ३५ बर्षिय पुरुष, ज्वालामुखी गाउँपालिका वडा नं ३ का ३५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ३ सय ४० पुगेको छ ।