धादिङ । धादिङमा पुनः असोज ११ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लका अनुसार निषेधाज्ञा असोज ११ गतेराती १२ बजे सम्म जारी गरीएपनि निषेधाज्ञाका प्रावधानलाई भने खुकुलो बनाईएको हो ।
बधबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको सकंट व्यवस्थापन केन्द्रको बैठकले असोज १ गते देखि सार्वजनिक यातायात सन्चालन गर्न दिने निर्णय गरेको थियो । साथै बैठकले होटलहरु बेलुका ८ बजे सम्म सन्चालन गर्न दिने समेत निर्णय गरेको छ । शैक्षिक संस्था, मठ मन्दिर, मेला, भेला, सैलुन, व्युटिपार्लर तथा सांस्कृति कार्यक्रम भने पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।
निर्णयको पुर्णपाठ हेर्नुहोस् ।
