शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पछिल्लो २४ घण्टामा अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिए

नागरिक पाटी

२, आश्विन २०७७
  • 4.4K
    SHARES
  • पछिल्लो २४ घण्टामा अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।

    images
    images

    पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४३ हजार ८२० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ९४९ थियो । मन्त्रालयका अनुसार विहीबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८३ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ३९० पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - १९:२१:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology