काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती मध्ये काठमाडौँका ६०२, ललितपुरका ६४ तथा भक्तपुरका १०१ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।