काठमाडौं। नेपालमा गत २४ घण्टामा नेपालमा एक हजार १५४ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६५ हजार २७६ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ।