काठमाण्डौँ । साझा यातायातले बुधबार देखि लामोदूरीको यातायात सञ्चालन गर्ने भएको छ। कोभिड १९ महामारीका कारण बन्द रहेको बस सेवा सुचारु हुने जानकारी दिएको हो। नेपाल सरकारबाट जारी गरिएको निर्देशिका पालना गर्दै बस सञ्चालन हुने साझाले बताएको छ।
साझा यातायातका व्यवस्थापक महेन्द्र राज पाण्डेले बुधबारबाट काठमाडौं–भैरहवा र काठमाडौं–बाग्लुङ बस सेवा सुचारु हुने जानकारी दिए। उनका अनुसार उक्त रुटमा २÷२ वटा बस सञ्चालन हुनेछन् भने बुधबार काठमाडौंबाट गएका बसले बिहीबार मात्रै काठमाडौं यात्रु ल्याउनेछन्।