शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

नागरिक पाटी

६, आश्विन २०७७
  • 3.8K
    SHARES
  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मङ्गलबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यकामा पनि एकजनाको ज्यान गएको छ ।

    images
    images

    आइतबार ज्यान गुमाउनेमा १ महिला र १ पुरुष रहेका छन् । योसँगै कोरोनाबाट नेपालमा मृत्यू हुनेको संख्या ४२९ पुगेको छ ।
    मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीय पुरुष तथा काभ्रेपलाञ्‍चोककी ५० वर्षीया महिला छन् ।

    नेपालमा मङ्गलबार १३५६ जना कोरोना संक्रमित थपिँदा ८२३ जना निको भएर घर फर्किएका छन् । आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । अहिले सक्रिय संक्रमित १८ हजार १४२ जना रहेका छन् भने ४८ हजार ६१ जना निको भइसकेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - १६:५८:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology