धादिङ । धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय पुरुष र ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ का २५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सँगै धादिङमा संक्रमितको सङ्ख्या ३ सय ८७ पुगेको छ ।