शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिड्स नेपालद्धारा खुल्ला यूवा वक्तृत्वकला प्रतियोगिताको आयोजना

सिड्स नेपालद्धारा खुल्ला यूवा वक्तृत्वकला प्रतियोगिताको आयोजना

शिवराज आचार्य

६, आश्विन २०७७
  • 12.4K
    SHARES
  • सिड्स नेपालद्धारा खुल्ला यूवा वक्तृत्वकला प्रतियोगिताको आयोजना

    महादेववेशी । धादिङको थाक्रे ६ महादेबबेशीमा ४१औँ सामाजिक सेवा दिवसको अवशरमा वक्तृत्वकला प्रतियोगिता भएको छ । सिड्स नेपाल धादिङको आयोजना, संस्थागत बिकास संजालको साझेदारी, थाक्रे युबा परिषदको संयोजन तथा बे्रड फर द वल्र्डको आर्थिक सहयोगमा भएको प्रतियोगितामा युवा तथा बाल क्लबमा आवद्ध १७ जनाले भाग लिएका थिए ।

    images
    images

    सामाजिक शान्ति र विकासमा यूवा सहभागीता सुनिश्चीत गरौं भन्ने विषयमा भएको खुल्ला यूवा वक्तृत्वकला प्रतियोगितामा सुजाता पौडेल प्रथम हुनुभएको छ । यस्तै प्रतियोगिताको दृतियमा विभिषा खतिवडा, तृतियमा सलिना थापा र सान्तवना मुना तामाङ हुनु भएको छ ।  कार्यक्रममा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनु हनेहरुलाई क्रमश नगद ४ हजार, ३ हजार, २ हजार र १ हजार सहित प्रमाण पत्र वितरण गरिएको हो ।

    प्रतियोगिताको निर्णायक मण्डलमा पत्रकार महासँघ धादिङका सचिव राजाराम शर्मा, जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक लावण फुँयाल, र गँगा सुबेदी रहनुभएको थियो ।

    कार्यक्रममा बोल्दै सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले सामाजिक सेवा दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिताले युवाको प्रतिभा निखारिने मौका पाएको बताउनुभएको छ । युवाको लागि र युवाकै विषयमा आफु र आफ्नो सँस्थाले विभिन्न काम तथा कार्यक्रमहरु गरिरहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिईने पनि बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - २१:५४:४६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology