धादिङ । धादिङको गजुरीमा पहिरोले गाडी पुरिएपछि सडक अवरूद्ध भएको छ । गजुरीको बडा नम्बर- ५ गलौदीमा पहिरो जाँदा २ वटा गाडीको दाँयापट्टीको भाग पुरिएपछि सडक अवरूद्ध भएको हो ।
काठमाडौबाट धनगढीका लागि छुटेको ना ६ ख ६४०८ नम्बरको कन्टेनरको एउटा भाग पुरिएको छ । यस्तै काठमान्डौतर्फ जाँदै गरेको भारतीय कन्टेनर पनि पहिरोले च्यापिएपछि सडक अवरूद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । अहिले डोजर प्रयोग गरी पहिरो हटाउने काम गरिरहेको छ ।