शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप १ हजार १ सय ७२ जनामा कोरोना पुष्टि

थप १ हजार १ सय ७२ जनामा कोरोना पुष्टि

नागरिक पाटी

७, आश्विन २०७७
  • 5.9K
    SHARES
  • थप १ हजार १ सय ७२ जनामा कोरोना पुष्टि

    काठमाडौं । नेपालमा थप ११ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १३ सय ५६ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार ७१४ रहेको छ ।

    images
    images

    त्यस्तै पछिल्लो २४ घण्टामा १८ सय ९३ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ४९ हजार ९५४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७३।७ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

    पछिल्लो २४ घण्टामा ९ हजार ४४९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ९ लाख ४४ हजार ४७४ पुगेको छ ।

    त्यस्तै क्वारेन्टाइनमा ७ हजार १७१ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार २२८ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ९ हजार १८६ जना रहेका छन् ।

    त्यस्तै देशभर भेन्टिलेटरमा ४३ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २२० जना रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - १७:०१:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology