काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ४९७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ४९७ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४५७ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५० हजार ४११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ५६५ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।