धादिङ । नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।
हिजो बिहिबार १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १४ सय ५५ जना डिस्चार्ज भएसँगै ५१ हजार ८ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
देशभर २४ घण्टामा १२ हजार २ सय ६२ जनाको पीसिआर परिक्षण गरिएको डा।गौतमले बताउनुभयो । अहिले देशभर १८ हजार २ सय ८९ सक्रिय संक्रमित रहेका छन् भने ६ हजार ४ सय ६४ जना क्वारेन्टाईनमा रहेका छन् ।