धादिङ। धादिङमा आज ३ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ । यो संक्रमितको संख्या ४०७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज संक्रमित हुनेमा नीलकण्ठ नगरपालिकाको २ जना र थाँक्रे गाउँपालिकाबाट १ जना रहेका छन् । जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ३२ वर्षीय पुरुष, वडा नम्बर ९ का ३१ वर्षीय पुरुष र थाक्रे गाउँपालिका वडा नम्बर १० का २२ वर्षीय पुरुष छन् । सक्रमित मध्य ३ जनाको मृत्यु भैसकेको छ । भने २७० जना संक्रमित कोरोना मुक्त भएका छन ।