शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

नागरिक पाटी

११, आश्विन २०७७
  • 6.7K
    SHARES
  • बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

    निजगढ । बाराको पथलैया-निजगढ सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिका-१ मा बसले आइतबार साँझ ठक्कर दिँदा स्कुटीमा सवार एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएकोइ छ । जंगलको बाटोमा पर्ने दुधौरा पुल नजिक दुर्घटना भएको हो ।

    images
    images


    निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नं.२-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक बाराकै निजगढ नगरपालिका-१० लाल गाउँका २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २२ वर्षीया पत्नी ज्योती स्याङ्तान र नाम नखुलेको उनका १ वर्षीय छोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।


    बस चालक फरार भएकोले खोजी भइरहेको उनले बताए । दुर्घटनामा परेका दुबै गाडी प्रहरीको नियन्त्रणमा छ । घटना कसरी भयो भन्ने अनुसन्धान भइरहेको उनले बताए ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - २१:३७:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology